Rule 17
आवागमनमा प्रतिबन्ध
संरक्षकको लिखित अनुमति बिना साँझ सात बजेदेखि बिहान पाँच बजेसम्म कसैले निकुञ्जभित्र पस्न वा हिँडडुल गर्न वा याक वा खच्चड लगायत कुनै सवारी हिंडाउन हुँदैन ।
तर स्थानीय व्यक्ति वा निकुञ्ज भएरै मात्र पुग्न सक्ने गाँउको व्यक्ति निकुञ्जको बाटो भएर आवात जावत गर्न वा सरकारी कर्मचारीले आफ्नो कामकाजको सिलसिलामा कुनै समयमा पनि निकुञ्जभित्र प्रवेश गर्न बाधा पार्ने छैन ।